भारतको मध्यप्रदेशमा फैलियो जिका भाइरसको संक्रमण

 कात्तिक २५, २०७५ आइतबार १६:४६:१९ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ । 

पछिल्लो समय जिका भाइरसकै कारण अरु दुई जनाको मृत्यु पनि भइसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  तर प्रदेशको स्वास्थ्य विभागका अधिकारीहरुले भने उनीहरुको मृत्यु जिका भाइरसबाटै भएको हो भन्ने पुष्टि गर्न भने अस्वीकार गरिरहेका छन् ।

प्रदेशको लोकप्रिय पत्रिका ‘द हिताभाडा’ले रोग नियन्त्रण विभागका निर्देशक डा। हिमांशु जैस्वारलाई उद्धृत गर्दै जिका भाइरसको आशंका गरिएका २०० जनाको रगतको नमुना सङ्कलन गरिएको समाचार लेखेको छ । सङ्कलन गरिएका नमुनाहरु भोपालमा रहेको एम्स अस्पतालको प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभएको समाचारमा उल्लेख छ ।

एम्सको प्रयोगशालाले परीक्षण गरिएकामध्ये ३१ जनामा जिका भाइरस देखिएको जनाएको छ । जिका भाइरस देखिएकामध्ये सातजना प्रदेश राजधानी भोपालका, १२ जना सेहोर र १२ जना भिडिसाका रहेका छन् ।

निर्देशक जैस्वारका अनुसार स्वास्थ्य विभागले ती नमुनाहरु थप परीक्षण र थप पुष्टिका लागि नेसनल इन्स्टीच्यूट अफ भाइरोलोजी पुणेमा पठाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया