डु प्लेसि र मिलरकाे सतकीय पारीसँगै अष्ट्रेलियाविरुद्धको एक दिवसीय श्रृङ्खला दक्षिण अफ्रिकाकाे पाेल्टामा

 कात्तिक २५, २०७५ आइतबार १७:५८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको तीन एक दिवसीय श्रृङ्खला दक्षिण अफ्रिकाले जितेको छ । 

तेस्रो तथा अन्तिम खेलमा घरेलु टिमलाई ४० रनले हराउँदै दक्षिण अफ्रिकाले श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको हो । होबर्टमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले पाँच विकेटको क्षतिमा ३२० रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका दुई खेलाडीले सतक बनाएका थिए । ५५ रन बन्दा ओपनर क्वीन्टन डि कक, रिजा हेनरिक्स र एइडेन मारक्रमलाई गुमाएको दक्षिण अफ्रिकाको पारीलाई फाफ डु प्लेसि र डेभिड मिलरले सम्हालेका थिए ।

दक्षिण अफ्रिकाका फाफ डु प्लेसि र डेभिड मिलर

व्यक्तिगत रुपमा डि कक ४ रनमा, हेनरिक्स ८ रनमा र मारक्रम ३२ रनमा आउट भएका थिए । त्यसपछि मिलर र डु प्लेसिले चौथो विकेटका लागि दुई सय ५२ रनको बलियो साझेदारी गरे । 

सतक हानेपछि दक्षिण अफ्रिकाका फाफ डु प्लेसि

डु प्लेसिले ११४ बलमा १५ चौका र २ छक्का प्रहार गर्दै १२५ रन बनाए । मिलरले १०८ बलमा १३ चौका र चार छक्का प्रहार गर्दै १३९ रन बनाएका थिए । 

बलिङतर्फ मिचेल स्टार्क र मार्कस स्टोइनिसले २–२ विकेट लिए । 

अष्ट्रेलियाका बलर मिचेल स्टार्क

३२१ रनको विशाल योगफल पछ्याएको अष्ट्रेलिया पूरा नौ विकेटको क्षतिमा २८० रनमा अल अाउट भयाे । अष्ट्रेलियाका लागि शन मार्शले १०६ रनको सतकीय योगदान दिए भने मार्कस स्टोनिसले ६३ रन बनाए । त्यस्तै एलेक्स क्यारेले ४२ तथा ग्लेन म्याक्सवेलले ३५ रन जोडे । 

अष्ट्रेलियाका ब्याट्सम्यान शन मार्श

अष्ट्रेलियालाई कम स्कोरमा रोक्नका लागि डेल स्टेन र कागिसो रबाडाले ३–३ विकेट लिए । ड्वायन प्रिटोरियसले २ विकेट लिए । 

दक्षिण अफ्रिकाका बलर कागिसो रबाडा र डेल स्टेन

तीन एक दिवसीय खेलको श्रृङ्खला अन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिका ६ विअकेटले विजयी भएको थियो भने दोस्रो खेलमा घरेलु टोलीले ७ रनको जित दर्ता गरेको थियो ।

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया