अमेरिकासँगको वार्ताका लागि उत्तर कोरियाका नेता किम सिंगापुरमा

 जेठ २७, २०७५ आइतबार १३:२४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

उत्तर कोरियाका नेता किम जोन उन अमेरिकासँगको वार्ताका लागि सिंगापुर पुगेका छन् ।

उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको बार्ता आउँदो मंगलबार सिंगापुरको एक आइसल्याण्डमा हुँदैछ । यो दुई नेताबीचको पहिलो वार्ता हुन लागेको हो  ।

 

सिंगापुरका विदेश मन्त्री भिभिन बालाकृष्णाले किम सिंगापुर पुगेको फोटो ट्वीट गर्नुभएको छ । पछिल्लो समय उत्तर कोरियाले आणविक कार्यक्रम अन्त्य गरेसँगै दुई देशको वार्ता सम्भव भएको हो । दुई नेताबीच सेन्तोसा आइल्याण्डमा रहेको क्यापेला होटेलमा भेटवार्ता हुँदैछ ।

गएको जेठ ११ मा उत्तर कोरियालो आफ्नो शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको बताएपछि अमेरिकाले उत्तर कोरियासँगको वार्ता हुनसक्ने बताएको थियो । जेठ १० गते उत्तर कोरियाले आफ्ना पारमाणविक परीक्षणस्थलहरु भत्काएको थियो । गएको अप्रिल २७ मा उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको वार्ता पछि उत्तर कोरियाको शान्ति वार्ता नयाँ चरणामा पुगेको हो  । 

सन् १९५३ मा कोरिया टुक्रिएर दुई कोरिया बन्न पुगेको थियो र त्यसपछि धेरै वर्ष दुई देशबीच ठकराबपूर्ण अवस्था सिर्जना भएको थियो । स्थानीय समयअनुसार नेता किम सिंगापुरको चंगी विमानस्थलमा दिउँसो ३ बजे पुगेका थिए । प्योङच्याङ र वासिङटनको पाँच दिने भ्रमण सकेर स्वदेश फर्किएका सिंगापुरका विदेशमन्त्री  भिभिन बालाकृष्णाले किमको स्वागत गरेका थिए । 


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया