अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
उदयपुर – आइतबार साँझ उदयपुरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको ज्यान गएको छ ।
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट नजिकैको पिकनिक स्पोटमा पिकनिक खाएर फर्कँदै गरेको ट्याक्टर त्यसै स्थानमा रहेको रंगमहलको उकालोमा दुर्घटना भएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जनकारी दिनुभयो ।
मेयर थापाका अनुसार स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते ३ जनाको उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मृत्यु भएको हो ।
मृतकका आफन्त अस्पतालमा नपुगीसकेकाले अहिलेसम्म मृतकको सनाखत हुन नसकेको मेयर थापाले जानकारी दिनुभयो । दुर्घटना भएको स्थानबाट स्थानीयले उद्धार गरी सामान्य घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका ५ जनासहित ३० जनालाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याइएको छ ।