ट्र्याक्टर दुर्घटना अपडेट : मृत्यु भएका तीनै जनाको परिचय खुल्याे

 कात्तिक २५, २०७५ आइतबार २०:१३:९ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरको बेलका नगरपालिकामा भएको ट्याक्टर  दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । 

मृत्यु हुनेहरुमा बेलका नगरपालिका–२ बेलहाकी १९ वर्षीया विनिता चौधरी, २० वर्षीया दिपिका चौधरी र २० वर्षीय ईन्द्र चौधरी रहेको बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले जानकारी दिनुभयो ।

बेलका नगरपालिका वडा नम्बर–८ मा रहेको रङमहलको उकालोमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । 

२७ जना घाइतेको विपीमा उपचार भईरहेको छ । घाइतेको अवस्था बुझ्न मेयर थापा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुग्नु भएको थियो ।

ट्याक्टरमा तिहारमा देउसी भैलो खेलेको रकमबाट पिकनिक खान गएका अधिकांश १८ वर्ष मुनिका युवा-युवती रहेका थिए ।   

उदयपुर र सुनसरी जोड्ने चतराको कोशी पुलमा पिकनिक खाएर फर्कने क्रममा स १ त ५८५० नम्बरको ट्याक्टर रङमहलको उकालोमा अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरिक्षक नविन कुमार सिंहले बताउनुभयो ।  

उदयपुरमा ट्याक्टर दुर्घटना, वनभोज खाएर फर्किएका तीनजनाको मृत्यु, ३० भन्दा बढी घाइते

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया