पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको ५९ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
संसदीय कार्य मन्त्री अनन्त कुमार पछिल्लो केही वर्षयता क्यान्सरबाट पीडित थिए । बैंगलुरुको एक निजी अस्पतालमा उनको उपचार भैरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
अनन्त कुमार सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री थिए । सन् २०१६ मा संसदीय मामिला मन्त्री पनि बने । उनी १९९६ मा बैंगलुरु दक्षिणबाट लोकसभा सदस्य बनेका थिए । अनन्त कुमारको जन्म २२ जुलाई १९५९ मा बैंगलुरुमा भएको थियो ।
मन्त्री अनन्त कुमारको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । उनले अनन्त कुमारले भाजपा संगठनको लागि ठूलो योगदान दिएको बताएका छन् ।