भैली खेल्न हिँडेकी किशोरीलाई बन्धक बनाई पटक–पटक बलात्कार, एकजना पक्राउ

 कात्तिक २६, २०७५ सोमबार ११:१८:२७ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – देउसी–भैलो खेल्न हिँडेकी १७ वर्षीया किशोरीलाई बन्धक बनाई बलात्कार गरेको आरोपमा उदयपुरमा एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर –९ सयपत्री टोल बस्ने वर्ष २० का प्रेम राया रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

रायाले गएको २२ गते आफन्तको घरमा लगेर किशोरीलाई बन्धक बनाएर रातभरी बलात्कार गरेको आरोप छ । उनलाई यही आरोपमा प्रहरीले गएको २३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी अर्जुन रानाभाटले बताउनुभयो ।

बन्धक बनाइएकी किशोरीलाई ज्यान मार्ने धम्की दिँदै पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ । उजुरी पीडितका आफन्तहरुले शनिबार जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएका छन् । पक्राउ परेका रायालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।   
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया