निजगढ विमानस्थलका कारण विस्तापित हुनेलाई सामूहिक पुनर्बास गराउन माग

 जेठ २७, २०७५ आइतबार १४:३६:९ | उज्यालो सहकर्मी

काठमाण्डाैं – प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद रामसहाय यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा उठाउनुपर्ने त्यहाँको बस्तीलाई समूहगत पुनर्बासको व्यवस्था गर्न माग गर्नुभएको छ ।

मुआब्जा लिन स्थानीयले नमानेको भन्दै उहाँले भाषा, संस्कृति अनुसार पुनर्बासको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले मुआब्जा वितरणका लागि सरकारले तय गरेको मापदण्ड पनि समयअनुसार नभएको भन्दै पुनः मूल्य निर्धारण गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद पूर्णकुमारी सुवेदीले मनसुनको समय सुरु हुनै लाग्दा बाढी र डुबानले तराईका जिल्लाबासी भयभीत भएको भन्दै बाढीको पूर्व तयारीबारे सरकारको योजनाबारे जानकारी माग गर्नुभयो । 

उहाँले लक्षमणपुर बाँधले त्यस क्षेत्रका बासिन्दाल निकै पीडा भोग्नुपरेको भन्दै बाँध भत्काउन सरकारले आदेश दिनुपर्ने बताउनुभयो । उहाँले संसद भवन अन्र्तगतको महिला बाथरुम अत्यन्तै असुरक्षित र अप्ठ्यारो भएकोबारे सभामुखको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया