प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने  नेविसंघका जिल्ला सभापतिसहित ६ जना पक्राउ

 कात्तिक २६, २०७५ सोमबार १७:४८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धनुषा – जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने नेविसंघका जिल्ला सभापतिसहित ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेविसंघका धनुषा सभापति सुजित मिश्र, कार्यकर्ता भरत साह, नवनित झा, सुनिल सुमन, घनश्याम झा र नवीन यादव रहेको प्रहरीले जनाएको छ ।

काभ्रेको मण्डन देउपुर नगरपालिका तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकालको रिहा गर्न माग गर्दै सोमबार साँझ जनकपुरको रामानन्दचोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया