चार्जमा मोवाइल राखेर कुरा गर्दा चट्याङ्ग लागेर  युवकको मृत्यु

 जेठ २७, २०७५ आइतबार १४:५८:१३ | उज्यालो सहकर्मी

सन्धिखर्क २७ जेठ – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा चट्याङ्ग लागेर शनिवार एक युवकको मृत्यु भएको छ । 

मालारानी गाउँपालिकाको वार्ड नं–९, गोखुङ्गा पात्लेका १८ वर्षीय विकास थापा मोवाईल चार्जमा राखेर कुरा गरिरहेको अवस्थामा राति ११ः३० बजे चट्याङ्ग पर्दा बेहोस भएका थिए । 

राति नै अर्घाखाँची हस्पिटलमा ल्याईएका थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । 

यो मौसममा प्राय हावाहुरी, चट्याङ्ग पर्ने हुनाले यसबाट बच्न सावधानी अपनाउनु पर्छ ।

स्थानीय सूर्य माविबाट १२ कक्षाको परीक्षा दिएर बसेका विकास उनको सानी आमाको १४ वर्षीय छोरा नवीन हौजालीसंगै रहेको अवस्थामा त्यो घटना भएको थियो ।

‘दाइले फोनमा कुरा गरिरहनु भएको थियो । एक्कासि चट्याङ परेको आवाजसँगै दाइ वेहोस हुनुभयो, त्यसपछि मैले तुरुन्तै ठूली आमालाई खबर गरें,’ नवीन हौजालीले बताए ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया