मालिकको मृत्यु भएकै सडकमा ८० दिनदेखि बसिरहेको कुकुर (भिडियोसहित)

 कात्तिक २७, २०७५ मंगलबार १२:१४:५२ | एजेन्सी
unn.prixa.net

चीनमा एउटा बफादार कुकुर ८० दिनदेखि आफनो मालिक्नी फर्किएर आउने आशामा बाटो कुरेर बसेको छ । कुकुर कतिसम्म बफादार हुन्छ भन्ने कुरा यस घटनाले प्रष्ट देखाएको छ । एउटा व्यस्त सडकमा मालिकलाई पर्खिदै गरेको कुकुरको यो तस्बिरले चिनियाँ अनलाइनहरुमा सबैको ध्यानाकर्षण गरेको छ ।

भित्री मंगोलियाको होहटमा बिच सडकमा बसिरहेको यो तस्बिरलाई लोकप्रिय ‘साइना वेइबो माइक्रोब्लग’ मा १६ लाख पटक हेरिसकेको छ ।

चाइनाको पिएर भिडियो वेबसाइटले अगस्ट २१ तारिकका दिन आफ्नो मालिक्नीको मृत्यु भएदेखि प्रत्येक दिन कुकुर त्यहि सडकमा देखिदै आएको बताएको छ । कोही मानिस कुकुरलाई सहयोग गर्न गयोे भने भागेर यताउता जाने त्यहाँका एकजना ट्याक्सी चालकले बताएका छन् । उनी भन्छन्, केही खानेकुरा दियो भने खान्छ, तर हामी बाहिर झर्ने बित्तिकै तर्सेर अन्तै गैहाल्छ ।

उनीहरुका अनुसार कुकुरको आफ्नी मालिकसंग गहिरो सम्बन्ध थियो । मालिकनीको मृत्यु भएदेखि कुकुर त्यही सडकमा कसैको प्रतिक्षारत उभिएको देखिन्छ । 

कुकुरको यो भिडियो १० नोभेम्बरमा खिचिएको थियो । चाइनामा फेसबुक र ट्विटरको सट्टामा प्रयोग गरिने वेवसाइट ‘सिना वेबो’  मा यो भिडियो शेयर भएपछि यसले लाखौँ प्रयोगकर्ताको ध्यानाकर्षण गरेको छ । सबैले यसलाई एक वफदार कुकुर भन्दै प्रतिक्रिया दिएका छन् ।


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया