पाँचौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपमा भाग लिन जाने टाेलीलार्इ सिएमजी क्लबकाे बिदार्इ

 कात्तिक २७, २०७५ मंगलबार १८:४९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - भारतको गुवाहाटीमा आयोजना हुने पाँचौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपमा नेपालबाट सहभागी हुने टिमलाई सिएमजी क्लबले मंगलबार बिदाई गरेको छ । 

भेट्रान च्याम्पियनसिप कार्तिक २९ देखि मंसिर २ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा भारतका विभिन्न शहरका भेट्रान टोलीको सहभागिता रहनेछ । 

नेपालको टिम सिएमजीको कप्तानी पूर्व राष्ट्रिय कप्तान तथा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंंहले गर्नेछन् । टिममा बालगोपाल महर्जनसहित पूर्व राष्ट्रिय फुटबलरहरु छन् । 

नेपाली टोलीले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । बिदाई कार्यक्रममा बोल्दै टिमका कप्तान उपेन्द्रमान सिंंहले पर्याप्त तयारी रहेको र उपाधिको दावेदारी प्रस्तुत गर्ने बताउनुभयाे । 

प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार भारतीय रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया