पहाडमा छठको रौनक

 कात्तिक २७, २०७५ मंगलबार १८:५२:२० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङ बेसीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएको हेर्न पहाडी समूदायका अगुवाहरु समेत चासो दिएर ब्रतका बारेमा सोधखोज गर्न व्यस्त थिए ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएको हेर्न सदरमुकामवासी अरुणखोला किनारमा पुगेका थिए । अरुणखोला किनारमा तराइवासी समुदायले धुमधामसँग छठी मनाएका थिए । १५ वर्ष अघिदेखि छठी माताको पूजा गरेर छठ पर्व मनाउन सुरु गरेको बताउने नथुनी शाहले अहिलेका वर्षहरुमा आएर भव्य मेलाको रुपमा छठी माताको पूजा गर्ने गरेको बताउनुभयो ।

मंगलबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि तेश्रो दिनको कठोर ब्रत सुरु हुन्छ । परिवारको सुख शान्ति र मनोकामना पूरा गराउन तराइवासीहरु छठ पर्व मनाउने गरेको बताउँदै आएका छन् ।

छठ पूजामा बाँसबाट बनाइएका ढाकी,  माटोको कोसिया कुरबार, हात्ती लागयतको सामग्रीहरु धेरै बिक्री हुने गर्दछन् । त्यस्तै प्रसादको रुपमा केरा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवतालाई चढाउने गरिन्छ ।

अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवानलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक बनाउनुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा पनि लिने गरिन्छ ।

उदाउँदो सूर्यलाई अर्घ्य रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् ।
छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर खुवाउनुको साथै घरमा छठको प्रसाद भन्दै बजार र गाउँहरुमा समेत पुर्याउन थालिएको छ ।

तराइवासीले मात्र मनाउने छठ पहाडमा सरेसँगै पहाडी समुदायले समेत चासो देखाउने र हिन्दु धर्मको एक विषेश भाग भएकोले यसलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गरिन थालिएको नथुनी शाहले बताउनुभयो ।

 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया