युएईबाट पैसा पठाएका दुई नेपालीले पाए सुन उपहार

 कात्तिक २८, २०७५ बुधबार १५:५१:८ | उमाकान्त पाण्डे

युएई – युएईबाट नेपाल पैसा पठाउने दुई जना नेपालीले उपहारमा सुन पाएका छन् । तिहारको लक्ष्मी पूजाको दिनबाट सुरु भएको विन्टर अफर अन्तर्गत अल अहलिया एक्सचेन्जबाट पैसा पठाएका सप्तरीको सिरुवा–१ का बिजेन्द्र मन्डल र सिन्धुलीको मुलकोटका टिकाराम श्रेष्ठले १०/१० ग्राम सुन उपहार पाउनुभएको हो ।

बुधबार बिहान कम्प्युटरबाट गरिएको निर्णयमा २ जना नेपालीसहित १० जनाले १० ग्राम सुन र एक जनाले ५० ग्राम सुन उपहार पाएको एक्सच्नेजका नेपाल बजार प्रमुख बेनीमाधव ढकालले जानकारी दिनुभयो ।    इन्टरनेशलनल गोल्डेल ग्रुपमा १९ महिनादेखि कपडा सिलाउने काम गर्दै आउनुभएका बिजेन्द्रले मंगलबार ५६ हजार नेपाली रुपैयाँ घरमा पठाउनुभएको थियो । यस्तै अलकुज अलखेल गेटमा रहेको रेष्टुरेन्टमा काम गर्ने टिकारामले ३५ हजार रुपैयाँ पठाउनुभएको थियो । 

८ हप्ता सम्म यो योजनामा हरेक हप्ता १० जनाले १० ग्राम र १ जनाले ५० ग्रामका दरले १ किलो २ सय ग्राम सुन उपहार पाउने एक्सचेन्जका अपरेसन हेड तथा जनरल म्यानेजर कमल सुब्बाले बताउनुभयो ।

यस्तै जनवरी ६ मा आबुधाबीको इलेक्ट्रा शाखामा हुने अन्तिम तथा मेघा लक्की ड्रमा १ किलो सुन उपहार दिने अल अहलिया एक्सचेन्जले जनाएको छ । यसअघि इलामका नरेन्द्र मगरले पनि उपहार योजना अन्तर्गत एक किलो सुन पाउनुभएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया