शैक्षिक प्रमाणपत्र धितो राखेर व्यवसायिक ऋण दिइयो

 जेठ २७, २०७५ आइतबार १७:२७:३५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई व्यवसायिक ऋण उपलब्ध गराइएको छ ।

जिल्ला युवा समिति कार्यालयले जिल्लाका ३ वटा युवा समूहलाई प्रति समूह ५ लाख रुपैयाँका दरले ऋण उपलब्ध गराएको जिल्ला युवा समितिका अध्यक्ष राजेन्द्रबिक्रम कुँवरले  बताउनुभयो ।

ऋण पाउने समूहहरुमा इन्द्रेणी बहुउद्देश्यीय युवा कृषक समूह छत्रकोट, सालिमे उन्नत पशुपालन तथा दुग्ध उत्पादन समूह मुसिकोट नगरपालिका र उर्लेनी बहुउद्देश्यीय युवा कृषक समूह कालिगण्डकी गाउँपालिका रहेका छन् ।

एक कार्यक्रको आयोजना गरेर युवा समूहका अध्यक्षलाई जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले चेक रकम हस्तान्तरण गुर्नु भएको थियो । बिना धितो चेक रकम हस्तान्तरण गर्दै समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले नेपाल सरकारबाट सित्तैमा आएको पैसा भनेर उद्यम क्षेत्रमा लगानी नगरी अन्यत्र खर्च नगर्न सुझाव दिनु भएको थियो ।

उहाँले युवा शक्ति अब बेरोजगार बनेर हैन, स्वरोजगार बनेर स्वदेशमा पनि धेरै गर्न सक्छन् भन्ने उदाहरण बनाउनका लागि पनि सरकारले ऋण उपलब्ध गराएको बताउनुभयो । पराजुलीले सरकारले सित्तैमा रकम दिएको हो भन्ने बहानामा रकमको दुरुपयोग नगरी उद्यमीहरुलाई व्यवसायमा आत्मनिर्भर बन्न समेत सुझाव दिनुभएको थियो ।

कार्यक्रममा रेसुंङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, जिल्ला कृषि विकास कार्यालय गुल्मीका बरिष्ठ कृषि विकास अधिकृत चक्रपाणि पन्थी, नागरिक समाज अध्यक्ष पदम पाण्डे, दलित अधिकारकर्मी गणेश बिश्वकर्मालगायतले राज्यबाट आएको पैसा मिनाहा हुन्छ भन्ने सोच हटाएर मैले केही गर्नुपर्छ भन्ने भावना अनुसार काम गर्न सुझाव दिनु भएको थियो ।

व्यवसायीक ऋण लैजाने समूहहरुले व्यवसायिक गाईपालन गर्ने, कुखुरा बंगुरपालन गर्ने र कुखुरा र तरकारी उत्पादन गर्ने उदेश्यले ऋण लगेको जिल्ला युवा समिति गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

2 Comments

  • Bipen yakha

    June 14, 2018, 10:41 a.m.

    राम्रो कामको suruवात , पढेर नेपालमा नै केही गर्न चाहाने yuवाको लागि शैक्षिक प्रमाण पत्र राखेर gulल्मीमा मात्र होइन नेपाल भर नै लाgu भा हो या gulल्मीमा मात्र ? पाँच लाख तिन वटा yuवा सmuहलाई प्रदान गरियो भन्ने समचारमा प्रकाशित छ . पाँच लाख लिएको कति महिना देखी तिर्न suru huने, कति किस्तामा तिरिसक्न’ पर्ने हो र व्याज कति प्रतिशत पर्ने ho yati vae स्पष्ट huन्थ्यो की ?

  •  0 Reply
  • Rajeev pulami

    June 12, 2018, 9 a.m.

    Saixxik praman paper na hune yuwa haru Lai chai kehi na dine?

  •  0 Reply

तपाईको प्रतिक्रिया