कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
काठमाडाैं - दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सले नेपाली युवा खेलाडीहरुलाई प्रशिक्षण दिन शुरु गरेका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबारदेखि शुरु भएको ‘हाइ पर्फर्मेन्स क्याम्प’ दश दिनसम्म चल्नेछ ।
काठमाडौं उपत्यकासहित बुटवल, धनगढी, विरगञ्ज र विराटनगरलगायतका ठाउँबाट युवा खेलाडी प्रशिक्षणका लागि आएको आयोजक स्पोर्टस इडीले जनाएको छ ।
उनले खेलाडीलाई क्रिकेटको फिटनेस टेष्ट र ट्रेनिङ गराउनुका साथै लिडरसिप स्किल, स्पोर्टस् मेडिसिन लगायतका विभिन्न पाटाहरुको प्रशिक्षण दिनेछन् ।
क्याम्पमा युवा खेलाडीका साथैै सिनियर खेलाडीको पनि सहभागिता छ । ५० वर्षीय रोड्सले दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट ५२ टेष्ट र २४५ एक दिवसीय खेल खेलेका छन् । जसमध्ये टेष्टमा दुई हजार ५३२ र एक दिवसीयमा ५ हजार ९ सय ५३ रन बनाएका छन् ।
रोड्स २५ नोभेम्बरमा स्वदेश फर्कने जनाइएको छ ।