कोरियन भाषा परीक्षा सकियो, नतिजा आसार १६ गते

 जेठ २७, २०७५ आइतबार १८:१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यो वर्षको कोरियन भाषा परिक्षा आज सकिएको छ । शनिबार र आइतबार भएको परीक्षामा ७४ हजार ८ सय ६६ जनाले परीक्षा दिएका छन् । 

८२ हजार २ सय ६४ जनाले फारम भरेकामा ७ हजार ३ सय ९८ जना परीक्षामा उपस्थित भएनन् । काठमाडौं र पोखरामा सञ्चालन भएको परीक्षामा शनिबार र आइतबार गरी २ सय ४७ जना नक्कली परिक्षार्थी पक्राउ परेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

परीक्षाको नतिजा असार १६ गते आउने छ । कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित गर्ने मिति पहिल्यै निर्धारण गरिएको हुन्छ । यस वर्ष कोरियाले ७ हाजर १ सय लैजाने छ । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया