दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह

 कात्तिक २९, २०७५ बिहिबार ७:१२:० | रासस
unn.prixa.net

काठमाडौं – नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि सुरु गरिएको तेस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र पत्रकार महासङ्घबाट यो बीमा कार्यक्रम सुरु गरिएको हो । महासङ्घले यो कार्यक्रमअन्तर्गत आ व २०७५/०७६ मा दुर्घटना बीमा कार्यक्रममा जिल्ला, प्रतिष्ठान शाखा र एशोसिएट संस्थाका सदस्य पत्रकारलाई आवश्यक प्रक्रिया पुर्‍याई आउँदो मङ्सिर १५ गतेसम्ममा सहभागी हुन अनुरोध गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले गत वैशाख र असारमा बीमा गरिएका पत्रकारले बीमाका लागि प्रक्रिया पु¥याई २०७६ वैशाखपछि सम्पर्क गर्नुपर्ने जानकारी दिनुभयो । सरकारले पत्रकारका लागि दुर्घटना बीमा निर्देशिका, २०७० मार्फत पाँच लाखसम्मको दुर्घटना बीमा स्थापना गरेको थियो ।

दुर्घटना बीमा गर्न पत्रकारले सूचना विभागले जारी गरी अवधि नसकिएको परिचयपत्र र महासङ्घको सदस्यता नवीकरण तथा सदस्यता लिएको हुनुपर्नेछ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया