प्रदेश ४ : प्रदेशसभा बैठकमा नेपाली कांग्रेसकोे अवरोध

 जेठ २७, २०७५ आइतबार १८:९:४१ | उज्यालो सहकर्मी

कास्की – नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा अवरोध गरेको छ ।

टेबुल भएका विधेयक र प्रस्तावहरु पहिले छलफल गरी टुंग्याउनुपर्ने मागसहित कांग्रेसले आइतबारको बैठकमा अवरोध गरेको हो । कांग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेर मात्रै अगाडि बैठक चलाउन आग्रह गरेको छ ।

गएको चैत १२ गते गठीत नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको छ । तर नियतबश प्रदेशको नामका विषयमा छलफल नचलाइएको भन्दै कांग्रेसले बैठक अवरोध गरेको हो ।

प्रदेशको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि संसद स्थगित गरिएको थियो । २ बजेका लागि बोलाइएको बैठक सहमति जुट्न नसकेपछि पौने ५ बजेमात्रै सुरु भएको थियो । 

बैठकको सुरुमै कांग्रेसका सांसदहरु उठेर विरोध जनाए । त्यसपछि सभामुखले बोल्ने समय दिएपछि संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कुनै पनि हालतमा नाम नटुंग्याएसम्म सदन चल्न नदिने बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया