छोरीलाई काली भन्दा भड्किए शाहरुख

 कात्तिक २९, २०७५ बिहिबार ११:३६:४२ | एजेन्सी
unn.prixa.net

शाहरुख खानकी छोरी सुहाना खान मिडियामा चर्चाको विषय बनेकी छिन् । बेलाबेलामा उनको भिडियो तथा तस्बिरहरु सामाजिक सञ्जालहरुमा भाइरल हुने गर्छ । छोरी सुहाना खानको बारेमा पिता शाहरुखलाई प्रश्न गर्दा शाहरुख भड्किएका छन् । 

शाहहरुख खान फेयरनेस क्रिमको एक कार्यक्रममा भारतीय मिडियाले शाहरुखका साथ उनकी छोरी काली रहेको बताएपछि शाहरुख भड्किएका हुन् । उनले मिडियालाई जवाफ दिँदै आफ्नी छोरी सुहाना काली भए पनि उनी संसारकै सबैभन्दा सुन्दर रहेको बताए । 

खानले भने ‘म इमान्दारीका साथ भन्दैछु की मेरी छोरी काली अवश्य छिन् । साथै उनी संसारकै सबैभन्दा सुन्दर छिन् । यस विषयमा कोही पनि म सँग कुरा गर्न सक्दैनन् ।’

खान यतिमै रोकिएनन् उनले भने ‘मानिसहरुको मनमा म प्रतिको इमान्दारीतालाई म महसुस गर्न सक्छु । मैले कहिले पनि कसैसँग बेइमानी गरेको छैन । म सँधै त्यही छु जे म वास्तवमा छु । न त म कहिले बेस्ट लुकिङ रहेँ, न म सबैभन्दा अग्लो छु, न मेरो शरिर सबै भन्दा राम्रो छ, न म राम्रो डान्सर हुँ, न मेरो कपाल सबैभन्दा सुन्दर छ, र म कुनै एक्टीङ स्कुलमा एक्टीङ सिकेर हिरो बन्न आएको होइन । म यी कुराहरुमा कसरी मानिसहरुका अगाडि झुटो बोल्न सक्छु । आज म जे छु मेरो क्षमताको बलमा छु ।’ 

शाहरुख खानका अगाडि छोरी सुहाना खानलाई काली भनेर गरिएको प्रश्नमा खानले मिडिया सामु रिसाउँदै छोरी सुहानाको कालो रंगको बारेमा खुलेर कुरा गरे । बलिउड फिल्ममा एन्ट्री नगरै चर्चामा रहेकी सुहाना खान बलिउड डेब्यू पश्चात दर्शकको मन जित्न सक्छिन की सक्दिनन् त्यो पछि नै थाहा हुनेछ । 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया