भक्तपुरमा रमाए चिनियाँ मन्त्री लुओ सुगाङ(फोटो फिचर)

 कात्तिक २९, २०७५ बिहिबार १४:४:९ | उज्यालो सहकर्मी

भक्तपुर – नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङसहितको चिनियाँ प्रतिनिधि मण्डलले बिहीबार भक्तपुरको सांस्कृतिक सम्पदाको अवलोकन गरेको छ । 

भक्तपुर नगरपालिकाको स्वागतमा बिहीबार भएको अवलोकनमा चिनियाँ मन्त्री सुगाङसहितको टोलीले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबारस्क्वायर, यस क्षेत्रका पचपन्न झ्याले दरबार, गोल्डेन गेट, टौमढीको पाँचतले मन्दिर, भैरव मन्दिरलगायतका क्षेत्रको अवलोकन गरेको थियो । 

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले चिनियाँ मन्त्रीसहितको टोलीलाई स्वागत गर्दै यहाँका सम्पदा क्षेत्र, यसको महत्व, भूकम्पले पारेको प्रभाव र पुनर्निर्माणका बारेमा जानकारी गराउनु भएको थियो । 

अवलोकनका क्रममा चिनियाँ मन्त्री सुगाङले भक्तपुर नगरका सम्पदा चिनियाँ पर्यटकका लागि धार्मिक तीर्थस्थलको रुपमा रहेको बताउनुभयो । 

अवलोकन भ्रमणपछि भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले मन्त्री सुगाङलाई मायाको चिनोस्वरुप मयूर झ्याल प्रदान गर्नुभयो भने मन्त्री सुगाङले प्रजापतिलाई चीनमा चिया खान प्रयोग हुने माटोको कप मायाको चिनोको रुपमा प्रदान गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया