दालभात तरकारीमा निरुताको मुख्य भूमिका छ: निर्माता किरण केसी

 कात्तिक २९, २०७५ बिहिबार १४:६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - महसञ्चारको निर्माणमा बन्नलागेको चलचित्र दालभात तरकारीको छायाँकन मंसीर १ गतेदेखि हुँदैछ । 

चलचित्रको शुभमुहर्त भने भइसकेको छ । चलचित्रमा अभिनय गर्नका निम्ति भारतमा बस्दै आएकी नायिका निरुता सिंह नेपाल आएकी छिन् । केही समयअघि चलचित्र नाईं नभन्नु ल ५ मा अभिनय गरेकी निरुताले दालभात तरकारीभन्दा अघि अभिनेता प्रदिप खड्काको चलचित्र लभ स्टेसनमा गर्ने भनिएको थियो ।

तर छायाँकन सुरुवातको अन्तिम समयमा बाबा बिरामी भएकोले अफूले समय दिनुपर्ने बताउँदै चलचित्रबाट हात झिकेकी थिइन् ।

चलचित्र दालभात तरकारीमा भने उनी बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको जोडीका रुपमा प्रस्तुत हुने बताइएको छ । मह सञ्चारसँग उनी चलचित्र तँ त सारै बिग्रिस् नि बद्रीमा पनि देखिने कुरा भएको थियो तर त्यो सफल हुन सकेन ।

ढिलै भएपनि महजोडीको साथमा काम गर्ने अवसर जुरेको छ । यस कुराले आफू निकै खुशी भएको नयिका निरुताको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न चलचित्रका निर्माता किरण केसी र निर्देशक सुदन केसी गएका थिए । निरुतामात्र नभएर निरुताको परिवार नै मह जोडीको फ्यान भएको र आफू चलचित्रमा हरिवंशजस्तो महान कलाकारको जोडीका रुपमा देखिन पाउँदा निकै उत्साहित भएको उनको भनाई छ ।
उनलाई स्वागत गर्न पुगेका चलचित्रका निर्माता किरण केसीले निरुताको वरीपरी नै चलचित्रको कथा घुम्ने हुँदा चलचित्रका मुख्य कलाकार  मध्येको एक निरुता भएको बताए ।
चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशक भने किरण केसीका सुपुत्र हुन् ।

चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहने छ । दीर्घ गुरुङको छायाँकन रहने चलचित्र दालभात तरकारीमा कोरियोग्राफी कविराज गहतराजले गर्ने छन् । 

चलचित्र २०७६ को वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमान सिंह कुँवर, शिशिर बांग्देल, विल्सन विक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली चलचित्रका निर्माता हुन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्र्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहने छ ।

-उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया