प्रदर्शनको सातौं दिनमा आइपुग्दा धरासायी भयो आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’

 कात्तिक २९, २०७५ बिहिबार १७:१०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडका पर्फेक्सनिष्ट आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ दिपावलीको अवसरमा प्रदर्शन भयो । 

फिल्मले बक्स अफिसमा यति खराब प्रदर्शन गर्‍यो कि यस बारेमा यसअघि कसैले सोचेकै थिएनन् । फिल्मलाई मिडिया, दर्शक तथा समीक्षकले निकै आलोचना गरिरहेका छन् । यही कारण फिल्मका निर्माताहरुलाई नमज्जाले झट्का लागेको छ । 

फिल्म प्रदर्शनको पहिलो दिनमै आश्चर्यजनक रुपमा ५०.७५ करोड रुपैयाँको व्यापार गर्दै कीर्तिमान राखेपनि प्रदर्शनको सातौं दिनसम्म आइपुग्दा फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ नमज्जासँग धरासायी भएको छ । 

भारतीय फिल्म समीक्षकहरुका अनुसार आमिर खानको यस फिल्मले प्रदर्शनको सातौं दिनमा केवल ३.७५ करोड रुपैयाँको व्यापार गरेको छ । जुन कुरा फिल्म निर्माण पक्षका लागि निकै निराशाजनक हो । फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ ले प्रदर्शनको पहिलो हप्तामा केवल १३७.५० करोड रुपैयाँको व्यापार गरेको छ । 



यस फिल्ममा आमिर खानका साथै बलिउडका मेगास्टार अमिताभ बच्चन पनि महत्वपूर्ण भूमिकामा छन् । तर फिल्ममा आमिर र अमिताभको जोडीलेसमेत कुनै काम गर्न सकेन । खबरहरुका अनुसार यो फिल्म केवल १५० करोड रुपैयाँको व्यापारमै सीमित रहने बताइएको छ । लगातार फिल्मको व्यापारमा भइरहेको गिरावटकै कारण फिल्म एनालिष्टले पनि आशा मारिसकेका छन । 

फिल्म प्रदर्शन हुनुअघि निर्माताहरुले आमिर खान र अमिताभ बच्चनलाई पहिलो पल्ट एकसाथ फिल्ममा देखाउन लागेको भन्दै फिल्मको प्रमोशन गरेर दर्शकलाई लोभ्याउन खोजे पनि फिल्म प्रर्दशनको पहिलो दिनपछि फिल्मको खराब समीक्षाका कारण फिल्मले अाशा गरे अनुरुप व्यापार गर्न नसकेकाे हो । 

अहिले यस फिल्मका निर्देशक विजय कृष्ण आचार्यले उत्कृष्ट फिल्म बनाउन नसकेर सुनौलो मौका गुमाएको बताइँदैछ । सर्वोकृष्ट कलाकारहरु साथमा हुँदा पनि राम्रो फिल्म निर्माण गर्न नसक्नु निकै निरासाजनक भएको चलचित्र वृत्तमा  । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया