नेपाल वायुसेवा निगमले जारी गर्‍याे श्वेतपत्र, सरकारसँग आर्थिक सहयोग माग

 कात्तिक २९, २०७५ बिहिबार १७:३३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल वायुसेवा निगमले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

बिहीबार श्वेत्रपत्र जारी गर्दै नेपाल वायुसेवा निगमले तत्कालै आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको हो । निगमका अध्यक्ष मदन खरेलले वाइडबडी विमान खरिदसँगै निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरिएको स्पष्ट पार्नुभयो । 

वाइडबडी विमानको व्यावसायिक योजना अनुसार सञ्चालन नभएसम्म त्यो कमीलाई पूर्ति गर्न तत्कालै नेपाल सरकारबाट आर्थिक सहायता आवश्यक भएको निगमको भनाई छ ।

निगमले विमानलाई तिर्नुपर्ने कर्जा ३२ दशमलब ८७ अर्ब रहेकाले पनि नगद प्रवाहमा संकट आइपरेको पनि स्पष्टिकरण दिएको छ । अध्यक्ष खरेलले यो आर्थिक संकट भने अस्थायी रहेको पनि जानकारी दिनुभयो । 

चार महिनाभित्र वाइडबडी विमानले जापान, दक्षिण कोरिया, चीन र साउदी अरेबियाको उडान भर्ने र त्यसपछि निगमले अधिकतम मुनाफा आर्जन गर्ने अध्यक्ष खरेलको भनाई छ ।

निगमले सीमित स्रोत, साधानका कारण बेलाबेला आफ्नो सेवामा बाधा आउने गरेको पनि श्वेतपत्रमार्फत् जानकारी दिएको छ । अध्यक्ष खरेलले निगमको सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणहरुको उचित व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया