जीपको ठक्करबाट एक जनाको मृत्यु

 कात्तिक २९, २०७५ बिहिबार १९:३९:१ | उज्यालो सहकर्मी

कपिलवस्तु – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. –१,२ गोरुसिंगेमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

लु १ च ५८१५ नम्बरको बोलेरो जीपको ठक्करबाट बुद्धभूमि नगरपालिका वडा नं. ६ का ४० वर्षीय कन्हैया नाउको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

गाडी र चालक इलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया