सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो

 कात्तिक २९, २०७५ बिहिबार २१:४१:० | एजेन्सी
unn.prixa.net

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको पर्खाईमा थिए । त्यो पर्खाईको घडी अब सकिएको छ । 

भर्खरै विवाह गरेका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको तस्बिर कतिबेला सार्वजनिक हुन्छ भनेर सबै पर्खाईमा थिए ।

रणवीर सिंहले आफ्नो ट्विटर एकाउण्टमा दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । त्यस्तै दीपिकाले इन्स्टाग्राममा बिहेको तस्बिर सार्वजनिक गरेका छन् ।

रणवीरले सार्वजनिक गरेको फोटोमा रणवीर रातो शेरवानीमा छन् भने दीपिका रातै रंगको लेहंगामा छिन् ।

अर्को तस्बिरमा भने रणवीर सेतो शेरवानीमा छन् । यो तस्बिरमा रणवीर र दीपिका एकअर्कालाई हेर्दै हाँसिरहेका छन् । रणवीरले हातमा हार बोकेका छन् ।
रणवीर र दीपिकाको विवाह बुधबार इटालीमा भएको हो । इटालीको लेक कोमोमा दुवैको विवाह कोंकणी रीतिरिवाजअनुसार भएको हो । 

यो विवाहमा एकदमै नजिकका नातेदार र साथीहरुलाई मात्रै बोलाइएको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया