रुनीको बिदाई खेलमा इंग्ल्याण्डकाे जित, हार्‍याे अमेरिका

 कात्तिक ३०, २०७५ शुक्रबार ८:२३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डका पूर्व कप्तान तथा कीर्तिमानी गोलकर्ता वायने रुनीको बिदाई खेलमा इंग्ल्याण्डले अमेरिकालाई ३–० गोलले पराजित गरेको छ ।

लण्डनको वेम्वली रंगशालामा भएको खेल रुनीको बिदाईकै लागि आयोजना गरिएको थियो । गएकाे वर्ष सन्यासको घोषणा गरेका उनलाई १२०औं क्यापसहित गार्ड अफ अनर दिएर राष्ट्रिय टोलीमा गरेको योगदानको सम्मान गरिएको थियो ।

करिअरको अन्तिम खेलमा ३३ वर्षीय रुनीले ३३ मिनेट मैदानमा बिताए । ५८औं मिनेटमा जेसे लिंगार्डलाई प्रतिस्थापन गर्दै रुनी मैदान छिरेका थिए ।

खेलको २५औं मिनेटमा लिंगार्डले नै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै अलेम्जान्दर आर्नोल्डले अग्रता दोब्बर बनाए । ७७औं मिनेटमा कालोम विल्सनले इंग्ल्याण्डलाई ३–० को जित निश्चित गराए ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया