पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष कमलकृष्ण कार्कीको निधन

 कात्तिक ३०, २०७५ शुक्रबार ८:३४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष कमलकृष्ण कार्कीको निधन भएको छ । हृदयघातका कारण उहाँको बिहीबार बेलुकी निधन भएको हो । 

आफ्नै निवास तानसेनको धु्रबघाटमा रहेका बेला ४६ वर्षीय कार्कीलाई हृदयघात भएको परिवारले बताएको छ । 

होटल व्यवसायीसमेत रहेको कार्की गएको जेठ महिनामा मात्रै उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । उहाँको श्रीमती एक छोरा र एक छोरी छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया