तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार पठाउने प्रक्रिया टुंगो लाग्नै बाँकी भएकाले भ्रममा नपर्न अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता नारायण प्रसाद रेग्मीले बुधबार विज्ञप्ती निकालेर केही व्म्यानपावर सञ्चालकले मलेसियाको कलिङ भिसा आइसकेकाको हकमा भिसा लगाउन सुरु भैसकेको भन्ने भ्रामक सूचना फैलाएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।
मलेसिया कामदार पठाउनेबारे चाँडै प्रक्रिया टुंगोमा पुर्याउने र यसबारे सार्वजनिक रुपमै सूचना जारी गरेर जानकारी गराउने विज्ञप्तीमा उल्लेख छ ।
गएको कात्तिक १२ गते मेलसियासँग श्रम सम्झौता भए पनि कामदार पठाउने प्रक्रिया टुंगो लाग्न बाँकी छ । मलेसियाको रोजगारी गएको जेठदेखि बन्द छ ।