अमेरिकी डलरको भाउ सामान्य घट्यो

 फागुन १३, २०८१ मंगलबार ९:२७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ दुई पैसा तथा युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रूपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १४ पैसा कायम भएको छ ।

यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३८ पैसा र बिक्री दर ३१ रूपैयाँ ५२  पैसा तोकिएको छ ।

कुवेती दिनार एकको खरिददर चार सय ४८ रूपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ५० रूपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रूपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर तीन ५९ रूपैयाँ ५४ पैसा र बिक्रीदर तीन ६१ रूपैयाँ १० पैसा तय गरिएको  छ ।

आजका लागि विदेशी मुद्राको विनिमयदर : 

 

तपाईको प्रतिक्रिया