पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
परिवारले चाहेका कुरा पूरा हुन भन्ने सबैको सपना हुन्छ । मेरो पनि त्यस्तै चाहना थियो । कमाएर घर बनाउने, छोरालाई राम्रो स्कूलमा पढाउने सोचेको थिएँ । त्यही चाहना पूरा गर्न २०६३ फागुन २४ गते साउदी अरब हिँडे ।
मलाई साउदी पठाउने एजेन्ट डिल्लीराम लिम्बू गाउँले थिए । घरबाट हिँडेको ९ दिनपछि भारतको बाटो हुँदै साउदी अरब पुगें । साउदी अरबको हायल सोयिबा भन्ने ठाउँको एउटा घरमा काम गर्नुपर्ने भयो ।
मलाई अरबी भाषा आउँदैनथ्यो । त्यहाँ भएका सामानहरु चलाएर काम गर्न पनि जानिन । त्यसैले चार दिनसम्म साना नानीहरुलाई जस्तै हात समाएर घरमा भएका सामान चिनाए । चलाउन पनि सिकाए ।
कामको चटारोको त कुरै नगरौं । छिटो सुत्न पाएको भनेको राती १२ बजे हो । बिहान ४ नबज्दै उठेर ५ बजेसम्ममा खाजा बनाइसक्नु पथ्र्यो । भोक तिर्खा केही लाग्यो कि भनेर सोध्ने कोही थिएन ।
यसरी काम गरेको तीन महिनामा ४ सय रियाल तलब पाएँ । नेपाल पठाउँछु भनेर सोचेको त जम्मा २४ हजार रुपैयाँ मात्रै हुँदो रहेछ । मैले काम गर्ने घरमा २२ जनाको परिवार थियो । म गएको ९ महिनामा नेपालमा आमा बित्नुभयो । त्यो खबर मैले चार दिनपछि मात्रै पाएँ ।
आमाको मृत्युको खबरले चार दिनसम्म आफूलाई सम्हाल्न सकिन । म रोएको देखेर साहुनीले जाने गइहाले रोएर हुँदैन भनेर सम्झाइन् । तर मन कहाँ मान्थ्यो । सम्झाएको नमानेको जस्तो लागेपछि साहुनीले मलाई यसरी नै रुने हो भने नेपाल जा पनि भनिन् ।
त्यसपछि मैले आफूलाई सम्हालेँ । परिवारको याद कति आउँथ्यो भन्ने कुरा त कसरी भनौं । छिटै रात परे हुन्थ्यो, दिनहरु छिट्टै बितिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । यसरी नै २ वर्ष बिताएर घर फर्किएँ ।
फर्किएको दुई महिनासम्म के गर्ने भन्ने मेलो मेसो केही पाइन । त्यसपछि वन समितिको सचिव भएर काम गर्ने अवसर पाएँ । त्यसले मलाई काम गर्ने आँट दियो । कामका बारेमा बुझेपछि मैले कृषि फर्म दर्ता गरेर व्यावसायिक रुपमै गाई बाख्रा पाल्न थालेँ । दूध, खसी, बोका र पाठा बेचेर राम्रो आम्दानी गरिरहेको छु ।
हिसाब गर्दा त विदेशको भन्दा यहीँको कमाई धेरै हुने रहेछ । त्यही क्रममा साबिकको भरोल गाविसका लागि सुरक्षित आप्रवासन परियोजना सामीमा रिटर्नी स्वयमसेवक माग गरिएको थाहा पाएपछि आवेदन दिएँ ।
अहिले यही काम गरिरहेको छु । अहिले आफूले थाहा पाएका कुरा विदेश जाने लागेका व्यक्ति र उनीहरुका परिवारलाई सुनाएर सकेसम्म सुरक्षित भएर जान सल्लाह दिन्छु । त्यति मात्रै होइन विदेश नगई यहीँ पनि केही गर्न सकिन्छ भनेर पनि सुझाव दिन्छु ।
(प्रस्तुती : राजु अधिकारी, कार्यक्रम अधिकृत, सामुदायिक समाज उत्थान केन्द्र, सुनसरी)
dilli ram
July 1, 2018, 8:45 p.m.निकै राम्रो कुरा उहाँको प्रगती होस मेरो कामना