पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
म अहिले वैदेशिक रोजगारीको सिलसिलामा ओमानमा छु । मैले काम गर्ने ठाउँमा मसहित अरु चार जना नेपाली साथीहरु पनि हुनुहुन्छ ।
हामीले काम गर्ने ठाउँ ओमानको एक सामुहिक माछा फार्म हो । कम्पनी राम्रो हो । मलाई लाग्छ, ओमानमा कामदारलाई राम्रो सेवा सुविधा दिने कम्पनी मध्येको यो कम्पनी पनि एक हो ।
तर पनि हामीले हाम्रो करार सम्झौताका कारण यो कम्पनीले दिने सेवा सुविधा लिनबाट बञ्चित भयौं । यो कम्पनीमा चार जना नेपाली र पाँच जना फिलिपिन्सका नागरिक र बाँकी सबै कामदार स्थानीय नागरिक छन् ।
स्थानीय नागरिक पनि धेरै कामदार भएकाले होला यहाँ हरेक कुराको समय छ । हामी महिनाको २२ दिन र दिनमा ८ घण्टा मात्र काम गर्छौं । कम्पनीको नियमअनुसार यति काम गरेबापत स्थानीय नागरिकले ६ सय ओमानी रियाल तलब पाउँछन् ।
नेपाली र फिलिपिन्सका नागरिकको भने महिना २५० ओमानी रियाल अथवा बुधबारको विनिमय दर अनुसार ७३ हजार ८ सय ४६ रुपैया र थप ७५ ओमानी रियाल अथवा २२ हजार १ सय ५३ रुपैयाँ छ ।
फिलिपिन्सका नागरिकले हामीले जति नै काम गरेर यही सेवा सुविधा पाउँछन् । तर हाम्रो हकमा भने हामीलाई नेपालमा गरेको करार सम्झौता अनुसार २२ हजार रुपैयाँ कम तलब दिन्छ कम्पनीले ।
किनभने नेपाल सरकारले त्यही तोकोको छ, तिमीहरुको सम्झौता त्यही छ भन्छ । हाम्रो श्रम स्वीकृति नै यस्तो भएकाले त होला नि अरुले जति नै दुःख र जोखिमयुक्त काम गर्दा पनि सेवा सुविधा चाहिँ कम हुने ।
सायद हामीले जस्तो समस्या विदेशमा थुप्रै नेपाली दाजुभाइले भोगेका होलान् । सरकारले यस विषयलाई गम्भीर रुपमा लिओस्। परदेशमा अरु देशका नागरिक जत्तिकै हामी पनि खट्न सक्छौं भने किन हामीले नेपाली कामदार भएकै कारण कम तलब पाउने ?
म सरकारलाई यो अनुरोध गर्न चाहन्छु कि, विदेशमा अरु देशका नागरिकलेझैं सेवासुविधा र सम्मान पाउने वातावरण बनाउँ ।