मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
पीडा कम गर्ने एक घुड्को औषधि पाउन पाए पनि हुन्थ्यो, तर बिडम्बना यो औषधि कुनै फार्मेसीमा पाईंदैन । देश छाडेर यतिबेला परदेशमा पसिना बगाउँदैछु । मनमा अनेक कुरा खेल्छन् । पीर लाग्छ ।
परदेशमा हामी कोरोनासँग लडिरहेका छौं । धेरैको रोजगारी गुम्दैछ । हामी परदेशीको कमाइ भएन भने हाम्रो मात्र हो र, देशको भविष्य के होला ? किनकी हाम्रो घरसँगै देश पनि त हामीले पठाएको रेमिट्यान्सले त चलेको छ ।
कतारमा पनि यतिबेला धेरै श्रमिकलाई सेल्फ क्वारेण्टीनमा राखिएको छ । कतिले त केही दिनदेखि काम पनि गरेका छैनन् भन्छन् ।
तर मेरो भने नियमित काम चलिरहेको छ । काममा जाँदा होस् या क्वारेण्टीनमा बस्दा कोरोनाको डर त सबैलाई छ नि यतिबेला । मलाई पनि सम्झँदा मनमा डर र पीर लागिरहन्छ ।
तर मलाई थाहा छ रोगको औषधि भनेको बलियो आत्मबल र प्रतिरोधात्मक क्षमता नै हो । त्यसैले मलाई मन कमजोर बनाएर शरीर पनि कमजोर बनाउन छैन ।
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता घट्न दिनु हुँदैन भन्ने सोच्छु, र मलाई केही हुँदैन भनेर मन बलियो बनाएर काम गर्दैछु ।
यो बेला परदेशमा हुनेहरु डराएर हुने केही छैन । कोरोनाको जोखिम देशका होस् या परदेशमा जताततै छ ।
त्यसैले जहाँ भए पनि आफ्नो प्रतिरोधात्मक क्षमता नघटाउन सबैलाई सुझाव दिन चाहन्छु । किनकी कोरोना सङ्क्रमित लाखौं मानिस निको पनि त भएका छन् । त्यसैले पनि मलाई त किन हो यो रोगसँग लड्न सक्छु भन्ने लाग्छ ।
जो क्वारेण्टीनमा बसिरहनुभएको छ उहाँहरुले पनि आफ्नो स्वास्थ्यमा ध्यान दिऔं र नियमित काम हुनेले पनि पीपीईमा ध्यान दिन सुझाव दिन चाहन्छु । अर्को कुरा त अहिले कतारले एकदमै कडा नियम लागू गरेको छ ।
त्यसैले पनि प्रतिबन्ध लगाएको ठाउँमा सूचना नपाएरै गइयो भने पनि कोरोना सङ्क्रमणको जोखिम सँगै कारबाहीमा पर्ने डर हुन्छ । सरकारले जारी गरेका नियम कानुन मानौं, सुरक्षित रहौं । अरु त भाग्यको खेल हो । आफ्नो आत्मालाई भरोसा गरौं ।