लेबनानको राजधानीमा इजरायलको ठूलो आक्रमण, ४ जनाको ज्यान गयो,...
मंसिर ८, २०८१ शनिबार
उफ यो जिन्दगी ! म कसरी बयान गरौं ? केही भन्न मन गर्दैन । किन डर लाग्छ, आफैलाई थाहा छैन । कहिलेकाहीँ कति चिन्ता लिनु जस्तो लाग्छ । कहिलेकाहीँ स्वदेश फर्किन पाउँछु कि पाउँदिन भनेर सोचिरहन्छु ।
सायद जिन्दगीमा मसँग कष्ट दिनुलिनु बाहेक अरु केही छैन रहेछ । जे होस्, मेरो भाग्यमा यस्तै रहेछ भनेर कहिलेकाहीँ भाग्यलाई दोष दिन्छु । परदेशमा अनेक समस्या छन् । भन्ने अवस्थामा भएको भए भनिदिन्थें । कसैले मेरो अवस्था सोधे पनि लाग्छ, उसले आगोमा तेल खन्याउँदैछ ।
म विगत आठ वर्षदेखि मलेसियामा छु । वैदेशिक रोजगारीको लागि बाहिरिएका अनेकौं श्रमिक सरह म पनि आजभन्दा आठ वर्ष पहिले नेपालबाट काम गर्ने भनेर मलेसिया आइपुगेको थिएँ ।
यहाँको अवस्था पहिलेको भन्दा केही सहज भए पनि पछिल्लो समय कोरोनाले गर्दा झनै कठिन अवस्थामा छ । भाग्यमानी भनौं या संयोग, हालसम्म तीनजना नेपालीलाई बाहेक अरुलाई सङ्क्रमण भएको छैन । म काम गर्ने कम्पनीमा झण्डै तीन, चारसय जना श्रमिकहरु छौं । विगत केही दिनदेखि कन्टेनरको डिग्गीमा बसेर दिन बिताइरहेका छौं ।
अहिलेसम्म ज्यान त बाँचेको छ, तर अब के हुन्छ थाहा छैन । अहिले कम्पनीको काम पनि बन्द छ । गएको मार्च महिनामा केही समय काम गरेका थियौं र अहिलेसम्म खाना खानको लागि समस्या परेको छैन ।
अब यो महिना कम्पनीले काम गरे पैसा दिने नगरे नदिने भन्छ, तर काममा भने बोलाउँदैन । आफ्नो प्रोजेक्ट जसरी पनि केही मानिसलाई लिएर सम्पन्न गर्ने गरेको छ । काम पनि नदिने, यदि फर्किन खोजे पनि नपाइने ।
काम गर्नेहरु खुशीले उफ्रिनु र काम नपाएमा भोकै पर्ने भन्दा अर्को विकल्प देखिंदैन । अबका दिन निकै कष्टकर हुँदै जानेछन् । अहिलेलाई यति मात्रै भनौं । झन् अफ्ठ्यारो पर्न सक्ने संकेत देखिंदैछ ।