लेबनानको राजधानीमा इजरायलको ठूलो आक्रमण, ४ जनाको ज्यान गयो,...
मंसिर ८, २०८१ शनिबार
यूएईको अवस्था एकदमै नाजुक बन्दै गएको छ । सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । मेरो अनुभवमा यहाँ कुनै पनि सुरक्षाका उपाय अपनाइएको छैन । यहाँ आफ्ना नागरिकलाई बढी सुरक्षा दिएको देखिन्छ । आप्रवासी कामदारको सुरक्षामा कसैको ध्यान नगएको जस्तो मलाई लागेको छ ।
यहाँका नागरिक त सुरक्षित हुन्छन् नै । सङ्क्रमणको शिकार बन्ने भनेको हामी जस्ता आप्रवासी कामदार नै हो । यहाँको सरकारले कम्पनीलाई पनि सुरक्षाका उपाय अपनाउनु भनेको भए पनि केहीबाहेक धेरैले अपनाएको देखिंदैन । न त कम्पनी नै बन्द गरेका छन् ।
काम गर्नुपर्ने भनेको हामी श्रमिकले नै हो । जोखिम हुने भनेको पनि हामीहरुलाई नै हो । कम्पनीका मालिकलाई त कसको के मतलब हुन्छ र रु उनीहरु त आफू सुरक्षित हुन्छन् । केही समस्या परे पनि पैसा हुन्छ । तर अर्काको देशमा हामीलाई पर्ने समस्यामा कसैको ध्यानाकर्षण भएको छैन ।
कम्पनी बन्द गर भनेर सरकारले दबाब पनि दिएको देखिंदैन । बाहिर मानिसहरु पनि धेरै नै हुन्छन् । उनीहरुलाई कुनै प्रकारको नियन्त्रण छैन ।
यहाँ विभिन्न समस्याहरु छन् । काम नभएकाहरुलाई एउटा पीर छ भने काम भएकाहरुलाई छुट्टै पीर छ, कोरोनाको त्रास छ । कोरोना सङ्क्रमण हुन्छ कि भनेर डराइडराइ बाँच्नुपरेको छ । काम नभएकाहरुलाई के खाने कहाँ बस्ने समस्या छ ।
यहाँको सरकार आफैले केही नगरी नेपाली दूतावासलाई भनेर पनि केही हुँदैन । यहाँको तुलना गर्दा हाम्रो देशले नागरिकलाई धेरै गरेको हो । सुरक्षाका कुरामा कुनै कमी गरेको छैन लाग्छ । नेपाल सरकारलाई यही अनुरोध छ कि नेपाल फर्काउने वातावरण बनाइदिओस् ।