भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
म यहाँ दुबई ट्याक्सी कर्पोरेशन (डीटीसी) मार्फत ट्याक्सी चालकको रुपमा कार्यरत छु । अहिले यहाँको अवस्था अस्तव्यस्त छ । कामको दैनिकी छैन । ट्याक्सी चालक कसैको पनि न्यूनतम तलब छैन ।
अहिलेको यो अवस्थालाई हेरेर कम्पनीले केही सहायता भने गरेको छ । तर त्यसको लागि कम्पनीले केही शर्त तोकेको छ । शर्तअनुरुप महिनामा अनिवार्य १ हप्ता काम गर्नुपर्ने हुन्छ । त्यो हामी गरिरहेका छौं ।
यो सहायता कम्पनीले कुन हदसम्म गर्न सक्ला थाहा छैन । किनकी मुहान सुकेपछि धारामा पानीको आश गर्नुहुन्न । आशा छ छिट्टै समाधानतिर जाला तर नजान पनि सक्छ ।
अरु विकल्प के हुन सक्छ, अवस्था अनुसार सम्बन्धित निकायले पनि आफ्नो तयारी गरोस् । अर्काको देश भएकोले धेरै कुरा हाम्रो नियन्त्रणमा छैन । ट्याक्सी चालक धेरैमा कोरोना पुष्टी हुँदाहुँदै पनि हामीहरु काम गर्न बाध्य छौं। रोगले भन्दा भोकले मर्न गार्हो हुन्छ ।
यो अर्काको देश हो यहाँ हाम्रो मर्जी चल्दैन । आजको दिनसम्म कुनै निकायलाई गुहार्नु परेको छैन र आशा गर्छु नपरोस् ।
म आफ्नो ठाउँमा नै रहेर यो समस्या पार गरेर सहयोग गर्न चाहान्छु । तर पनि भोलि के होला भन्ने अनिश्चितता छ ।
देश परदेशमा रहेका सम्बन्धित निकायहरुले भविष्यमा आउन सक्ने सम्भावित संकटसँग जुध्ने तयारी गरोस् र समस्यामा परेकाहरुको चाँडै उद्धार होस् ।