पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
नेपालमा आजदेखि कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । यो खबरले असाध्यै खुसी भएको छ । महामारीले संसारलाई आक्रान्त पारिरहेको बेलामा आफ्नो देशमा पनि खोप लगाउन सुरु गरियो भन्ने खबर सुन्न पाउँदा सायद मजस्ता धेरै परदेशी खुसी भए होलान ।
सुरुमा त कोरोना विरुद्धको खोप आयो रे भन्ने कुरा सुन्दा पनि विश्वास गर्न गाह्रो लाग्यो । तर केही हप्ताअघि म कार्यरत दक्षिण अफ्रिकाको सिसेल्समा पनि खोप आयो । खोप आयो रे भन्ने खबर अखबार र अनलाइनहरुमा पढ्दा साच्चै यति खुसी लाग्यो नि म त्यो खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ । के होला, कस्तो खोला, खोप लगाएपछि कोरोना लाग्ला कि नलाग्लाजस्ता कुरा मनमा खेल्दो रहेछ ।
केही दिनअघि मेरो अफिसबाट कोरोना विरुद्धको खोप मैले पनि लगाउन पाउने जानकारी दियो । अफिसबाट आएको त्यो खबरले एकछिन त औधी खुसी लाग्यो । फेरि मनमा कताकता डर पनि । कतिलाई त खोपले असर गरेको खबर पनि त सुनिएको थियो । अब खोप त लगाउने भइयो । तर केही पो हुने हो कि झैं लाग्यो ।
जे होस् यो कोरोनासँग लड्न खोप नलगाई त सुखै छैन् । आँट गरियो । जनवरी २० मा कोरोना विरुद्धको पहिलो खोप लगाएँ । मैले कोरोनाको खोप लगाउने अवसर पाएमा धेरै जनाले मलाई पनि बधाई र शुभकामना दिनुभयो । अनि कतिपयले चाहिँ जिज्ञासा राख्नुभयो । कोरोनाको खोप लगाएपछिका अनुभव धेरैले सोध्नुभयो ।
तर सोचेजस्तो केही पनि नहुँदो रहेछ । जस्तो अरु खोपहरू लगाउँछौँ यो खोप पनि त्यस्तै रहेछ । मलाई त केही भएको छैन । लगाएको ३० मिनेटसम्म चाहिँ उहाँहरुकै सम्पर्कमा रहनुपर्दोरहेछ । त्यत्तिमात्र हो ।
अहिले त मैले मात्र हैन यहाँ रहेका जति पनि नेपाली दाजुभाइ दिदीबहिनिहरु हुनुहुन्छ सबैलाई निःशुल्क रुपमा खोप लगाउन पाउने व्यवस्था गरेको छ यहाँको सरकारले । सबैजनाले धमाधम लगाई पनि रहनुभएको छ ।
म सबैलाई नडराइन ढुक्क भएर खोप लगाउन अनुरोध गर्छु । यो महामारीसँग हामी आफैं लड्ने हो । डराउने होइन भन्न चाहन्छु ।