सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – साउदीमा कार्यरत आप्रवासी श्रमिकले अब रोजगारदाताको अनुमति बिनै काम फेर्न र आफ्नो देश फर्कन पाउने भएका छन् ।
साउदीको अनलाइन समाचार पोर्टल अरब न्युजका अनुसार साउदी सरकारले आफ्नो कफला सिस्टमलाई परिमार्जन गर्दै साउदीमा कार्यरत श्रमिकले आइतबारदेखि काम परिवर्तन गर्न र आफ्नो देश फर्कन रोजगारदाताको अनुमति लिन नपर्ने व्यवस्था गरेको हो । साउदी सरकारले केही समय अघि नै गरेको यो घोषणा आज आइतबारदेखि लागू भएको हो ।
कफला प्रणाली अन्तर्गत साउदीमा कार्यरत श्रमिकले काम परिवर्तन गर्न र स्वदेश फर्कनका लागि आफू आबद्ध रोजगारदाताको पूर्व स्वीकृति दिनुपथ्र्यो । रोजगारदाताले अनुमति नदिएसम्म स्वदेश फर्कनसमेत पाइदैन थियो । तर अब साउदी सरकारले ल्याएको यो नयाँ नियमले त्यहाँ कार्यरत लाखौँ नेपालीसहित विदेशी श्रमिकलाई फाइदा पुग्नेछ ।
स्पन्सरको अनुमति बिना स्वदेशसमेत फर्कन नपाउने साउदी सरकारको नियमले धेरै विदेशी श्रमिकको मानवअधिकारको समेत हनन भएको भन्दै विरोध भएको थियो ।
साउदीले विदेशी नागरिकले पनि अब सिधैं सरकारी कामका लागि आवेदन दिन सक्ने भनेको छ ।
यसअघि कतारले पनि यही नियम लागू गरिसकेको छ ।