तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पाँच महिने कार्यकाल पूरा भएको छ ।
पाँच महिने कार्यकाल पूरा भएको अवसरमा मन्त्री विष्टले यसबीचमा आफूले गरेका मुख्य मुख्य काम सार्वजनिक गर्नुभएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तथा आन्तरिक श्रमलाई सुरक्षित बनाउन धेरै काम भएको र अझै प्रयास भैरहेको उहाँले उल्लेख गर्नुभएको छ ।
यस बीचमा श्रम नियमावली, २०७४ जारी गरिएको छ । श्रम नियमावलीमा श्रमिकको बैंकमार्फत नै तलब भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार साउनदेखि नै यो नियम लागू भइसकेको छ ।
श्रम मन्त्रालयका अनुसार नेपाली कामदारका लागि बहुसीपयुक्त तालिम केन्द्र स्थापना गर्न र वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुका लागि पुनस्र्थापना केन्द्र स्थापना गर्न कतारले सहयोग गर्ने प्रतिबद्दता जनाएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ कार्यान्वयनका लागि नियमावलीको मस्यौदा तयार गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनका लागि कार्यक्रमको खाका तर्जुमा गरिएको छ ।
१४ वटा रोजगार सूचना केन्द्रहरुबाट देशमै रहेका रोजगारीका अवसरका बारेमा सूचना प्रदान गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।
आगामी दिनमा यस्ता रोजगार सूचना केन्द्रलाई प्रदेश र सबै स्थानीय तहसम्म विस्तार गरी रोजगार सेवा प्रदान गरिने गरी प्रस्ताव गरिएको छ । त्यसैगरी बिद्यमान रोजगार पोर्टल www.jobkhoj.gov.np लाई स्तरोन्नति गरी रोजगारीका सूचनाहरु सम्बन्धित सरोकारवालासँग प्रत्यक्ष पुग्ने ब्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।
यस बीचमा बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना, २०७५ स्वीकृत भइसकेको छ । यस्तै ईंट्टा उद्योगमा बालश्रम निवारणको घोषणा पनि गरिएको छ ।
श्रम मन्त्री विष्टको पाँच महिने कार्यकाल : वैदेशिक रोजगारीका क्षेत्रमा सुधारका काम