तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
बहराइन – बहराइनले कतारी नागरिकलाई भिसा दिन रोक लगाएको छ । कतारले गैरजिम्मेवार व्यवहार देखाएका कारण कतारी नागरिकको प्रवेश भिसामा रोक लगाउने निर्णय गरेको बहराइनको गृह मन्त्रालयले जनाएको छ ।
तर बहराइनमा पढिरहेका र वैध भिसा भएका कतारी नागरिलाई यो निर्णयले कुनै असर नगर्ने मन्त्रालयले जनाएको छ ।
अघिल्लो वर्ष जुन ५ मा बहराइन, साउदी अरब, युएई लगायत देशले कतारले आतङकवादलाई सहयोग गरेको भन्दै कुटनीतिक सम्बन्ध तोडेका थिए । कुटनीतिक सम्बन्ध तोडेसँगै कतार र यी देशहरुसँग व्यापारिक, सामुद्रिक र हवाई सम्पर्कसमेत बन्द भएको थियो ।
यी देशहरुले कतारसँग १३ बुँदे माग राख्दै यी माग पूरा भए मात्र कतारसँग कुटनीतिक सम्बन्ध फेरि जोड्न संकेत गरेका थिए ।
तर छिमेकी देशहरुले आफूमाथि लगाएको आरोप गलत भएको कतारले बताउँदै आएको छ । बहराइनको गृह मन्त्रालयले मंगलबार कतारी नागरिकलाई प्रवेश भिसामा रोक लगाउने बताए पनि कहिलेदेखि यो नियम कार्यान्वयनमा आउँछ भनेर खुलाइएको छैन ।