भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।
कोरोना महामारीको कारण यसअघि आइतबार र बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि आउँदो आइतबारदेखि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ ।
व्यक्तिगत श्रम स्वीकृति तर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरूलाई अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन अनुरोध गरिएको छ ।
बायोमेट्रिक नभएका र व्यक्ति स्वयं उपस्थित हुनै पर्ने बाहेक अन्यलाई भौतिक रूपमा उपस्थितिमार्फत विभागले सेवा प्रदान नगर्ने जनाएको छ ।
निषेधाज्ञा केही खुकुलो भए पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले अझ सतर्क हुन आवश्यक भएको भन्दै विभागले अनलाइनबाट हुने काममा लागि भौतिक रूपमा उपस्थित भई भिडभाड नगर्न अनुरोध गरेको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि गएको वैशाख २४ गतेदेखि विभागले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा रोकेको थियो । तर अन्तर्राष्ट्रिय उडानमा सरकारले सहज गरेसँगै यसअघि हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्दै आएको थियो ।