वीरगञ्ज भन्सारबाट धानचामलको आयात बढ्यो
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – चुनावका कारण केही समय राेकिएकाे 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रम पुन: सुरु भएकाे छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आजबाट पुनः सुरु गरिएको हो ।
आज बिहान ११ बजेदेखि १२ बजेसम्म श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट १० जना श्रमिकहरुले फोनमार्फत प्रत्यक्ष आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् ।
मन्त्रीसँग श्रमिकहरुले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढि गुनासा र समस्याहरु राखेका छन् । मन्त्री कुँवरसँग श्रमिकहरुले सम्झौता अनुसार विदेशमा आफूले तलब सुविधा नपाएकाे, विदेश पठाउँछु भनेर ७ लाख ५० हजार रुपैयाँसम्म पैसा लिएको गुनासा सुनाएका थिए ।
यस्तै दुबई, मलेशिया, साउदी लगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासाहरु बढी आएका छन् । एकजना श्रमिकले सुर्खेतबाट फोन गर्दै आफूलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख रुपैयाँ ठगेको गुनासो पनि सुनाए ।
दशजना श्रमिककै गुनासा र समस्याहरु सुनेपछि जवाफमा मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व जान लागेको देश, आफूले गर्ने काम, पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा व्यक्तिका बारेमा राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्ने लगायतका कुरामा ध्यानु दिनुपर्नेमा जोड दिनुभयो ।
साथै मन्त्री कुँवरले श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याहरुबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन पनि दिनु भएको छ । साथै कार्यक्रममै मन्त्री कुँवरले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डका सम्बन्धित व्यक्तिलाई अनुरोध समेत गर्नु भएको छ ।