तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – मंगलबार कतारी रियाल र दिनारको भाउ केही पैसाले बढेको छ । मलेसियन रिंगिट र दिर्हामको भाउ भने स्थिर छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रिदर २८ रुपैयाँ १८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २८ र बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ८६ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ०५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ९५ पैसा र बिक्रिदर ३ सय १२ रुपैयाँ ५४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।