तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो तीन महिनामा ९ जनाको ज्यान गएको छ । गएको साउनदेखि असोजसम्ममा ७ जना पुरुष र २ जना महिलाको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा एक वर्षमा ९ जनाको ज्यान गएको थियो ।
तर चालु आर्थिक वर्षको तीन महिनामै ९ जनाको ज्यान गएको हो । ज्यान गएका व्यक्तिका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ६४ लाख ४४ हजार १ सय ९ रुपैयाँ क्षतिपूर्ति पाएका छन् ।
यो अवधिमा ५ जना सम्पर्कविहीन भएको भन्दै उनीहरुका परिवारले खोजिदिन आग्रह गर्दै जिल्ला समन्वय समितिले सञ्चालन गरेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् । केन्द्रले समस्यामा परेका दुई जनाको उद्धार गरेको छ ।
जिल्ला समन्वय समितिले सञ्चालन गरेको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना, सिन्धुपाल्चोकले स्थापना भएदेखि २०७१ सालदेखि अहिलेसम्म ३ करोड ५ लाख ५६ हजार ९ सय ५८ रुपैयाँ पीडित परिवारलाई दिलाएको जनाएको छ ।