अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कुनै पनि व्यक्ति श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा बीमा गर्नुपर्ने नियम छ । जसलाई वैदेशिक रोजगार म्यादी जीवन बीमा भनिन्छ । व्यक्तिले वैदेशिक रोजगारीका लागि कुन देश जान लागेको भन्ने बारेमा खुलाएर उसको उमेर र काम गर्नै अवधिका आधारमा यो प्रकारको बीमा गरिन्छ । वैदेशिक रोजगर म्यादी बीमा गर्दा लाग्ने बीमाशुल्क सो व्यक्तिको उमेर र काम गर्ने अवधि अर्थात बीमा अवधिका आधारमा फरक फरक हुन्छ । जसमा १८ वर्षको एक युवाले गर्दा लाग्ने प्रिमियम शुल्क र ६४ वर्षको उमेरकाले बीमा गर्दा लाग्ने प्रिमियममा ३ गुणासम्मको फरक पर्दछ । बैदेशिक रोजगारीका लागि गन्तव्य देशमा पुगेर श्रमिक अप्ठ्यारोमा नपरुन्, श्रमिकका परिवार यहाँ सुरक्षित रहुन्, श्रमिकले दुःख गरेर कमाएको पैसाको व्यस्थापन होस् र कुनैपनि समयमा श्रमिकलाई अप्ठ्यारो परेमा उनीहरुलाई सहयोग गर्न सकियोस भनेर बीमाको गर्नुपर्ने नियम अनिवार्य गरिएको हो । तर, पनि बैदेशिक रोजगारीमा जाने श्रमिकले यसबारे खासै चासो नलिएको पाइन्छ । बैदेशिक रोजगारीमा जाँदा अनिवार्य बीमा गरेर जाँदा हुने फाइदा र यसका लागि सरकारले गरिरहेकोे कामबारे कार्यक्रम देश परदेशको अंक ६४७ केन्द्रित छ । यस विषयमा हामीले राष्ट्रिय बीमा प्राधीकरणका उप निर्देशक निर्मल अधिकारीसँग कुुराकानी गरेका छौं ।