शिक्षण संस्था, अस्पताल र आबद्ध कर्मचारीलाई सेवा नियमित गर्न काठमाण्डौ महानगरको आग्रह

 वैशाख २९, २०८१ शनिबार ९:४६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले महानगरभित्रका शिक्षण संस्था, अस्पताल तथा आबद्ध कर्मचारीलाई स्वास्थ्य सेवा नियमित गर्न र कानुन अनुसार सञ्चालन गर्न आग्रह गरेको छ ।

सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्ने सर्तमा महानगरभित्र सञ्चालित शिक्षण संस्थामा आबद्ध अस्पतालहरुमा स्वास्थ्य सेवा लिन जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु एवम् कर्मचारीहरु उपलब्ध नहुने गरेको, ड्युटी समयमा अन्यत्र काम गर्ने गरेको, शल्यक्रिया, सिटीस्क्यान, एमआरआई स्क्यान जस्ता सेवाका लागि महिनौसम्म कुर्नुपर्ने जस्ता गुनासो आएकाले सार्वजनिक रुपमै अपिल गरिएको महानगरले जनाएको छ ।

राष्ट्रिय चिकित्सा ऐन, २०७५ को दफा ४१ र राष्ट्रिय चिकित्सा नियमावली, २०७७ को नियम ३७ (क) मा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक तथा कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता उल्लेखित छ । त्यस्तै आफूलाई खटाइएको शिक्षण संस्थामा मात्र काम गर्नुपर्ने बाध्यात्मक व्यवस्था पनि छ ।

कानुनको व्यवस्था पालना गर्न/गराउन सम्बद्ध व्यक्ति पदाधिकारी तथा संस्थालाई महानगरले आग्रह गरेको छ । सर्वसाधारणले सहज रुपमा सेवा नपाए वा कानुनी व्यवस्थाको उल्लघन भएको देखिएमा प्रचलित कानुनी व्यवस्था अनुसार अगाडि बढ्ने महानगरले चेतावनी दिएको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया