टी–२० विश्वकप : अस्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो

 जेठ २४, २०८१ बिहीबार १०:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको छ । अस्ट्रेलियाले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो ।

ओमानका लागि आयन खानले ३६ र मेहरान खानले २७ रन बनाए । अस्ट्रेलियका लागि अलराउन्डर प्रदर्शन गरेका मार्कस स्टोइनिसले तीन विकेट लिए । यस्तै मिचेल स्टार्क, नाथन एलिस र एडम जाम्पाले समान दुई विकेट लिए ।

यसअघि अमेरिकाको ब्रजीटाउनमा रहेको केन्सिङ्टन ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर एक सय ६४ रन बनायो । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक अविजित ६६ रन बनाए । यस्तै डेबिड वार्नरले ५६ रन बनाए । ओमानका लागि मेहरान खानले दुई विकेट तथा बिलाल खान र कलीमुल्लाहले समान एक विकेट लिए । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया