सिङ्गापुरमा अनलाइन ठगीका घटना बढ्दै

 असार २३, २०८१ आइतबार १०:५:२१ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सिङ्गापुरमा अनलाइन ठगीका घटना बढ्दै गएका छन् । प्रहरीका अनुसार गएको जुन २१ तारिखदेखि गएको बिहिवारसम्मको १३ दिनमा तीन सय नौ जना संदिग्ध ठगी आरोपमा पक्राउ परेका छन् ।

उनीहरु १३ सय वटाभन्दा धेरै ठगीमा संलग्न रहेको प्रहरीलाई उधृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

धेरैजसोले अनलाइन व्यापारमा ठगी, नक्कली एकान्ट बनाएर पैसा माग्ने, आकर्षक प्रतिफलको आसामा लगानी गर्न बाध्य बनाउने र अनलाइनबाट जागिर खोजिदिने लगायतका आसा देखाएर ठगेको पाइएको छ ।

उनीहरुले एक करोड सिङ्गापुर डलरभन्दा धेरै ठगेको प्रहरीले जनाएको छ । सिङ्गापुर प्रहरीले अबको मुख्य चुनौती नै अनलाइन ठगी रोक्नु रहेको बताएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया