‘हामी ३ भाइ’को सिक्वेलमा अनमोल, प्रदीप र पल ३ भाइ बन्दै

 मंसिर ६, २०७५ बिहीबार १६:४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली सिनेमा हामी ३ भाइको सिक्वेल बन्ने भएको छ ।

राजेश हमाल, निखिल उप्रेती र दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा हामी तीन भाइ राम्रो कारोबार गर्ने सिनेमामध्येमा पर्छ । यो सिनेमाले निर्मातालाई ५० लाख भन्दा माथिको नाफा गराएको थियो ।

आज भन्दा १४ वर्ष अगाडिको यो सिनेमाको सिक्वेल यही सिनेमाका निर्माता रमेश त्वायनाले बनाउने भएका छन् । निर्माता त्वायनाले सिनेमाको सिक्वेलमा अनमोल केसी, प्रदीप खड्का र पल शाहलाई फाइनल गरिसकेको जानकारी दिएका छन् ।

तर यी तीन कलाकारसँग कागजी सम्झौता भने भइसकेको छैन । 

कुराकानीपछि भने यी तीनैजना कलाकार सिनेमामा काम गर्ने कुरामा सकारात्मक देखिएका छन् । मुख्य तीन अभिनेताहरुकाे टुंगाे लागेकाे भए पनि अन्य कलाकारहरु छनौट गर्न भने बाँकी छ । अहिले निर्माण पक्ष अन्य कलाकार र सिनेमाको अन्य काममा जुटेको छ । 

निर्माता त्वायना यतिबेला मंसिर २८ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा सुश्री सम्पत्तिको प्रचारप्रसारमा व्यस्त छन् । उनी यो सिनेमा प्रदर्शन भइसकेपछि हामी तीन भाइको सिक्वेलको काम शुरु गर्ने योजनामा छन् ।

यो सिनेमालाई कसले निर्देशन गर्ने भन्ने विषयमा पनि अहिले छलफल भइरहेको छ । हामी तीन भाइलाई दिवंगत निर्देशक शिव रेग्मीले निर्देशन गरेका थिए थिए भए सिनेमामा कथा पनि निर्देशक शिवकै थियो ।

–उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया