नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
बलिउडमा दीपिका पादुकोण र रणवीर सिंहको विवाह पछि दीपिकाका पूर्व प्रेमी रणबिर कपूर र आलिया भट्टले कहिले बिहे गर्लान त भन्ने कुराको चर्चा मिडिया तथा सामाजिक संजालमा भइरहेको छ ।
तर अभिनेत्री आलिया भट्टले भने रणबिर कपूरसँग उनको विवाहको विषयमा नयाँ कुराको खुलासा गरेकी छिन् ।
रणवीर र दीपिकाको विवाहलगत्तै रणबिर कपूर र आलिया भट्टले पनि २०१९ भित्र विवाह गर्ने खबर चर्चामा आएको थियो । तर आलियाले भने फ्यानहरुलाई केही समयका लागि पर्खनुपर्ने बताएकी छिन् ।
आलियाले भनिन्, ‘यदि फ्यानहरुलाई मेरो विवाह हेर्न हतार भइरहेको छ भने अझै केही समयसम्म पर्खनु पर्छ,’ उनले अगाडि भनिन्,‘यदी क्लाइमेक्स राम्रो भयो भने त्यसको अन्त्य पनि राम्रो समाचारबाटै हुनेछ ।’
बलिउडमा केही समय यता आलिया र रणबिरको प्रेम सम्बन्धकै चर्चा हुने गरेको छ । खबरहरुका अनुसार आलिया र रणबिर पछिल्लो १ वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् । तर यि दुवैैले सार्वजनिक रुपमा आफूहरुको सम्बन्धलाई स्वीकार गरेका छैनन् ।
अहिले आलिया र रणबिर फिल्म ‘ब्रम्हास्त्र’ को छायाँकनमा व्यस्त छन । यि दुवैका सेटमा खिचिएका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा छाइरहेका छन् । आलिया आजभोलि २ वटा फिल्म ‘कलंक’ र ‘ब्रम्हास्त्र’ को छायाँकन एकसाथ गरिरहेकी छिन् ।
एक जमानामा बलिउडका कैयौं ठूला स्टारहरु एक दिनमा २÷३ सिफ्टमा फरक फरक फिल्ममा काम गर्ने गर्थे ।
अहिलेको पुस्तामा त्यसरी काम गर्ने आलिया भट्ट एक्ली अभिनेत्री हुन् । उनी दिउँसो अभिषेक वर्मनको फिल्म ‘कलंक’ को छायाँकनका लागि दहिसर पुग्छिन् । दहिसर मुम्बईबाट कोसौं टाढा उत्तर तर्फ पर्छ ।
त्यहाँको छायाँकनको काम सकेर उनी साँझ घर फर्कन्छिन् । त्यसपछि फेरी उनी मुम्बईको दक्षिण तर्फ लाग्छिन् जहाँ उनी रातभर अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ को छायाकनमा व्यस्त हुन्छिन् ।
खबरहरुका अनुसार छायाँकंनको काम सकिएलगत्तै आलिया कम्बल समातेर सिधै आफ्नो गाडी तर्फ दौडिन्छिन । र उनी त्यही गाडीकै सीटमा सुत्ने गर्छिन । आजभोली आलियाको निन्द्रा गाडीमा ओहोर दोहोर गर्ने बेलामा मात्रै सिमीत भएको छ ।
अहिले आफ्ना लागिसमेत समय दिन नसकेकी आलिया भट्टले विवाहका लागि समय दिन नसक्ने भएकै कारण उनका फ्यानहरुलाई विवाहका लागि केही समय कुर्न भनेकी हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।